स्वास्थ्य

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनले उपचार ठप्प

मेडिकल कलेजका विद्यार्थीको आन्दोलनले उपचार ठप्प
janaki medical collage भदौ – ५ । धनुषाको रमदैयाको जानकी मेडिकल कलेजका विद्यार्थीले गर्मीका समयमा होस्टेलमा २४ घण्टा विद्युत सेवा उपलब्ध नगराएको भन्दै आन्दोलन गरेका छन् । जानकी मेडिकल कलेजमा लामो समयदेखि भइरहेको विद्युत समस्या समाधानको लागि तीन सय ५० जना विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । होस्टलको जेनेरेटरको क्षमता नबढाएको र भएको विद्युत अस्पताललाई दिँदा विद्यार्थीलाई समस्या परेको विद्यार्थीको गुनासो छ । विद्यार्थीको आन्दोलनले मेडिकल कलेजको पठनपाठन बन्द हुनुका साथै अस्पतालको इमर्जेन्सी सेवा र ओपिडी सेवा पनि बन्द भएको छ । जसका कारण कतिपय बिरामीलाई समस्या परेको छ । विद्यार्थीहरुले स्वास्थ्य उपचार सेवा बन्द गरेपछि अस्पतालमा उपचार गराईरहेका थुप्रै बिरामी अन्यत्र गएका छन् ।

Andolan dhanusa janaki medical collage upachar thappa

विशेष