समाज

कर्णालीको जात्रामा देखियाे सानो पल्टन

कर्णालीको जात्रामा देखियाे सानो पल्टन
???????????????????????????????????? भदौ–५ । कर्णालीमा सबैभन्दा लामो जात्रा चलिरहेको बेला तेश्रो दिन जुम्लामा सानो पल्टन तथा मिमबास्सा जात्रा निकालिएको छ । सानो पल्टन जात्राका अवसरमा थरिथरीका प्रस्तुती प्रदर्शन गरिएको छ । जात्रामा पञ्चेबाजा, स्थानीय विवाह गर्ने परम्पराका साथै भेडासँग नेताहरुलाई तुलना गरेर व्यांग्यत्मक प्रस्तुती प्रदर्शन गरिएको थियो । पल्टन जात्रामा मिमबास्सा, पञ्जेवाजा, नारदकृषि र भोटे नाच, तीज नाच प्रर्दशन गरिएको हो । फौजी ब्यारेक, साधु सन्त, खस धामी झाँक्रीलगायतका विभिन्न प्रकारका नाचहरु हास्यव्यंग्यका साथ निकालिएको थियो । राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक क्षेत्रको विकृतिको पर्दाफास गर्दै सभ्य समाज निर्माणको लागि सन्देश प्रवाह गरिएको थियो । पञ्चेवाजा दलितहरुसँगै गैरदलितहरुले पनि वजाउँछन् र बजार परिक्रमा गर्दछन् । पल्टन जात्रामा सैनिकहरुको अध्यावधिक रहिरहोस भन्ने कामना समेत गरिन्छ । पल्टन जात्रामा नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर नाच्ने गर्छन् । पल्टन जात्रालाई सैन्य क्षेत्रमा रहेकाहरुलाई हौसला प्रदान गर्नको लागि मनाइने जात्राको रुपमा हेर्ने गरिन्छ । पुरुषहरुले महिलाको रुपधारण गर्ने र महिलाले भोग्नु परेको समस्यलाई दर्शाउने गरेको पनि पाइएको छ ।

jatra Jumla karnalima jatra

विशेष