भदौ - ५ । माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डले गर्ने भनिएको अष्ट्रेलिया भ्रमण अन्तिम समयमा रोकिएपछि दिपा राई चर्चामा आएकी थिइन् । खाशमा उनले प्रचण्डको भ्रमणका विरुद्धमा अभियान नै थालेकी थिइन् । गैरआवसीय राईले प्रचण्डलाई आइएसआइसँगसमेत तुलना गरेर अभिव्यक्ति दिने गरेकी थिइन् ।
राईको कार्यशैलीलाई लिएर माओवादीका विदेश विभाग सम्बद्ध युवा नेता युवराज चौलागाईले फेसबुकमार्फत आपत्ति नै व्यक्त गरेका थिए । देश विदेशमा रहेका माओवादी समर्थक राईको अभिव्यक्तिको विरोधमा सामाजिक संजालमा सक्रिय भएका थिए । त्यसमध्येका एक थिए गोरखाका दीपक लामिछाने ।
कतारमा मजदुरी गर्दै आएका लामिछानेले लेखेको फेसबुक कमेन्टका विरुद्धमा दीपाले अष्ट्रेलियाबाटै कतार सरकार समक्ष उजुरी दिएकी थिइन् । लामिछानेले राईको स्टाटसमा पासपोर्ट वेच्नेले प्रचण्डको आलोचना गर्न नसुहाउँने भन्दै कमेन्ट गरेका थिए ।
राईको उजुरीपछि लामिछानेलाई कतारी प्रहरी पक्राउ गरी फिर्ती कक्षमा बुझाएको थियो । नेपाली दुतावासले कतार सरकारलाई सामान्य कामदारलाई सामान्य विषयलाई लिएर फिर्ता नगर्न आग्रह गरेपछि उनको फिर्ती अन्यौलमा परेको छ ।
प्रधानमन्त्रीको बचाउ गरेकै कारण फिर्ता गरिएको सन्देश जाने भन्दै दुतावासका अधिकारीले कारबाही फुकाउन लबिङ गरिरहेका छन् । कतारमा सन् २०२२ मा विश्वकप फुटवल हुंदैछ । नेपालका लाखौ कामदार कतारमा कार्यरत छन् ।