खेल

इंग्लिस प्रिमियर लिगमा वेष्ट ह्याम र मिडल्सबर्ग विजयी

इंग्लिस प्रिमियर लिगमा वेष्ट ह्याम र मिडल्सबर्ग विजयी
Sport भदौ ६ । इंग्लिस प्रिमियर लिगको नयां सिजनमा खेलमा वेष्ट ह्यामले पहिलो जित दर्ता गरेको छ । आइतबार राति लण्डन स्टेडियममा भएको खेलमा वेष्ट ह्यामले बोर्नमाउथलाई १–० ले हराएको हो । ७७ औं मिनेटमा ह्यारी अटर दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बोर्नमाउथ १० खेलाडीमा सीमित भएको थियो । वेष्ट ह्यामलाई जिताउन ८५ औं मिनेटमा मिकेल एन्टोनियोले गोल गरे । Sandarlan त्यस्तै गए राति नै भएको अर्को खेलमा मिडल्सबर्गले सन्डरल्याण्डलाई २–१ ले हरायो । मिडल्सबर्गको जितमा दुवै गोल क्रिष्टिएन स्टुआनीले गरे । सन्डरल्याण्डका लागि प्याट्रिक भान आनहोल्टले एक गोल फर्काए । वेष्ट ह्यामले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ ।

Premier leauhe

विशेष