अर्थ देश

निगमका कार्यकारी निर्देशकको खराब नियतका कारण संसद भवन अघि सबेरै देखियो यस्तो दृश्य

निगमका कार्यकारी निर्देशकको खराब नियतका कारण संसद भवन अघि सबेरै देखियो यस्तो दृश्य

Te भदौ ६ । नेपाल आयाल निगमले सार्वजनिक बिदाको दिन भन्दै गाई जात्रा, जनै पूर्णिमा र शनिबार गरी लगातार ३ दिन तेल नदिंदा काठमाडौंमा इन्धनको हाहाकार मच्चिएको छ । सोमबार सबेरैदेखि उपभोक्ता पेट्रोल पम्पमा लाइन लागेका छन् । बानेश्वरको संसद भवन अघि रहेको थ्रि बर्दश आयल स्टोर्समा विहानै देखि उपभोक्ता लाइनमा छन् । आज प्रयाप्तमात्रामा इन्धन उपलब्ध गराइएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

आइतबारमात्र निगम खुलेकाले हिजो अधिकांश पेट्रोल पम्प बन्द रहे । खुलेका पेट्रोल पम्पले पनि ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेका थिए । तीन दिनसम्म निगमले काम ठप्प पार्दा अधिकांश पेट्रोल पम्प रित्तिएका थिए । सेना र प्रहरीले संचालन गरेका पेट्रोल पम्पले समेत अत्यावश्यक सेवाका लागि मात्र इन्धन उपलब्ध गराएपछि सर्वसाधरण मर्कामा परेका थिए । भण्डारणमा प्रर्याप्त इन्धन हुंदाहुंदै तथा भारतबाट सहजरुपमा आयात भइरहंदापनि हाहाकार मच्चिएपछि आपूर्तीमन्त्री दीपक बोहरामाथि चर्को दबाब परेको थियो । मन्त्री बोहराले निगमका पदाधिकारीसँग बैठक गरी शनिबारबाहेकका सार्वजनिक बिदामा निगमको कामकारबाही नरोक्न निर्देशन दिएका थिए ।

Tel

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको हठका कारण इन्धन वितरणमा समस्या आएको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका ज्वाइ खड्कालाई यसअघिका आपूर्ती मन्त्री गणेशमान पुनले कारवाही गर्न चाहेपनि सकेका थिएनन् । सरकारलाई अफ्ठयारोमा पार्ने र आफ्नै मनखुशी गर्ने स्वभावका खड्काले प्रचण्ड नेतृत्वको सरकारका विरुद्ध मोर्चावन्दी गरेको प्रधानमन्त्रीको सचिवालयमा टिप्पणी हुंने गरेको छ ।

Nepal Oil Corporation Tel

विशेष