खेल

भव्य समापनका साथ रियो ओलम्पिक सकियो, आगामी ओलम्पिक जापानमा हुने

भव्य समापनका साथ रियो ओलम्पिक सकियो, आगामी ओलम्पिक जापानमा हुने

Rio

भदौ ६ । ब्रजिलको रियो द जेनिरोमा १७ दिनयता जारी ओलिम्पिक्क खेलकुद एउटा भव्य समापन समारोह गर्दै आज बिहान सकिएको छ । आगामी ओलिम्पिक्स आयोजक शहर जापानको टोकियोलाई औपचारिक रुपमा ओलिम्पिकको झण्डा हस्तारन्तरण गर्दै र ओलिम्पिकको ज्योति निभाएर समापन समारोह सकिएको थियो ।

Olampics

ओलम्पिकमा ४६ स्वर्णसहित १ सय २१ पदकका साथ अमेरिका पदकतालिकाको शीर्षस्थानमा रह्यो । त्यस्तै पदक तालिकामा दोस्रो स्थानमा ब्रिटेन रहन सफल भयो ब्रिटेनले २७ स्वर्णसहित कुल ६७ पदक प्राप्त गर्यो । चीनले भने २६ स्वर्णसहित ७० पदक प्राप्त गर्यो । १९ स्वर्णसहित रुस चौथो, १७ स्वर्णसहित जर्मनी पांचौ र १२ स्वर्णसहित जपान छैठौं स्थानमा रहे । कुल ४२ विधामा ३ सय ६ खेल भए जसमा २ सय ५ वटा मुलुकले सहभागिता जनाएका थिए ।

Olampics

विशेष