संसारकी सबैभन्दा बृद्धा मोडल
एजेन्सी– सामान्यतः मानिसहरु ८५ वर्षको उमेरमा घरमै आराम गरेर बस्न या तीर्थयात्रा गर्न रुचाउँछन् । तर अमेरिकाकी कार्मेन डियल ओरीफिस भने ८५ वर्षको उमेरमा पनि मोडलिङमा सक्रिय छिन् ।
उनले सन २०१२ मा संसारकै बृद्धा मोडलको उपाधि पाएकी थिइन् । कतिपय सन्दर्भमा मोडलहरु केहि समय मिडियामा छाएर हराउने गर्छन् । तर, कार्मेन सन् १९४६ मा १५ वर्षको उमेरमा नै अमेरिकाको चर्चित म्यागजिन ‘भोग’ मा छाइन् र त्यो समयदेखि नै मोडलिङमा सक्रिय हुन थालिन् ।
अहिलेको उमेरमा पनि मोडलिङमा सक्रिय भएर उनले सुन्दरताको कुनै निश्चित उमेर हुँदैन भन्ने तथ्यलाई प्रमाणित गरिदिएकी छिन् ।