स्वास्थ्य

औषधीले भरिपूर्ण सिमाली (निर्गुण्डी)

औषधीले भरिपूर्ण सिमाली (निर्गुण्डी)
Vitex-Negundo-nigurndi-nepalaaja पहाड तथा मधेश जताततै पाइने झाडीदार विरुवा सिमाली (निर्गुण्डी) (Vitex Negundo) महत्वपूर्ण वनौषधी हो । यसमा Volatile oil, Alkaloids, Vitamin C, Carotene, Flavon, Tannic acid, Hudroxybenjoic acid, Resin, Mallic acid तत्वहरु पाइन्छ । गुण  वेदनाहर, बल्य, कफ नि:सारक, कृमिनासक, दीपन, शोथहर, चर्मरोग, वातहर, रसायन, शिरशुल, गुद्रसी, मुत्रल र सुगन्धीत हुन्छ । प्रयोग १. जीर्ण आमवात, श्वास रोग, शुल, अपच, कुष्ठरोग, ब्रण, स्वरभेद, प्लीहा वृद्धि रोगमा यसको बिउ उपयोग हुन्छ । फोक्सो सुनिने, जोर्नी सुनिनेमा पनि यसको बिउको चुर्ण सेवन गर्दा फाइदा हुन्छ । २. यसको पात पिसेर सुन्नीउको ठाउँमा दिनको ३/४ पटक बाँधेमा सुन्नीएको बस्दछ । ३. कफ ज्वरो, सीत ज्वरो, विषम ज्वरोमा यसको पातको चुर्ण वा पैचाङ्गको सेवन गर्दा फाइदा हुन्छ । ४. यसको मूलको काँडा सेवन गर्दा गठीया, सायटिका रोग निको हुन्छ । यसको अतिरिक्त संधी शोथ (जोर्नी सुन्नीएको) ब्रण, कुष्ठरोग, कृमी, विष, क्षय, रुघा खोकी र अरुचीमा प्रभावकारी हुन्छ । ५. पत्रको स्वरस तताएर सेक्दा, बाफ लिँदा सायटिका, जोर्नी दुख्ने, सुन्नीने रोग कम हुन्छ । ६. यसको स्वरसमा समान भाग मह मिलाएर बिहान बेलुका सेवन गर्दा आमवात, कटिशुल, जोर्नी दुख्नेमा फाइदा पुर्याउदछ  । ७. सिमालीको मूल बिस्तारै चपाएर रस लियो भने टन्सीललाई फाइदा पुर्याउदछ   । ८. पातको स्वरस एक/एक थोपा आखाँमा राखेमा आखाँ सम्बन्धी रोग विसेक हुन्छ ।

मात्रा

पत्र स्वरस: १० देखि २० मि.लि पत्र चुर्ण: ३ देखि ६ ग्राम बोक्राको चुर्ण: १ देखि ३ ग्राम

aausile varipurna simali benifits of Vitex Negundo

विशेष