कभर स्टोरी समाज

अमेरिकाबाट फर्केका समाजशास्त्रीको अनुभव

अमेरिकाबाट फर्केका समाजशास्त्रीको अनुभव

ram-gurung-1-nepalaaja

राम गुरुङ नेपाली मिडियामा बेलाबखतमा देखिने, पढिने र सुनिने नाम हो । उनका लेखहरु नेपालको राष्ट्रिय दैनिकमा पढ्न पाइन्छ । उनी आफुलाई समाजशाश्त्रको बिद्यार्थी भन्न रुचाउँछन । तर,उनी त्यतीमै सीमित छैनन् । सामाजिक विकृति, सस्कृति, राजनीति तथा जातियताको विषयमा विष्लेषण पनि गर्दछन । शिक्षकको पेशागत परिचय उनको छदैछ । किनकी, उनले त्रिचन्द्र क्याम्पसमा सातवर्ष यता समाजशाश्त्र विषयमा अध्यापन गर्दै आएका छन् ।

राम गुरुङ चार वर्षदेखि अमेरिका आउजाउ गरिरहेका छन । पछिल्लो समय उनी छात्रवृतीमा एमफिल गर्न अमेरिका जाने तयारीमा छन् । अमेरिका बसाईमा उनले अमेरिकामा बस्दै आएका नेपालीको जीबनशैलीलाई नजिकबाट नियाल्ने गर्दछन् । उनको अध्ययन नै नेपालको समाज तथा सस्कृति संग जोडिएको छ ।

अमेरिकाको वास्तविक दृश्य

यहाँबाट हेर्दा अमेरिका सभ्य र सुन्दर भएपनि त्यहाँ पुगेपछि उनले त्यस्तो देखेनन । त्यहाँको कालो समुदायहरुलाई अमेरिकाको त्यत्रो आन्दोलन तथा परिवर्तनले छोएन । अझैपनि अमेरिकामा काला जातिहरु सोह्रौं सताब्दीको जस्तै श्रम नगरि खान नपाउने गुरुङ बताउछन । उनका अनुसार काला जातिको जस्तै अवस्था नेपालीहरुले भोगिरहेका छन ।

अमेरिकामा कालाजातिहरुले शारीरिक काम गर्छन । नेपालीहरुले नि त्यस्तै काम गर्ने गरेको उनी बताउछन । उनले नेपालीहरुले धेरै श्रम गरेको देखे । रेस्टुररेन्टमा काम गरेको देखे । कालाजातिबाट हेपिएको देखे । कमाएको पैसा खानमा नै सकेको देखे । नेपाल आउन पैसा नभएर उतै बसेको देखे । सुख पाएको देखेनन् । धेरै नेपालीहरु बाध्यतामा रुमल्एिको देखे ।

उनका अनुसार काला समुदायले नेपालीहरुलाई लुट्न आएको भनेर हेप्छन । नेपाली र काला समुदायबिच धेरै द्वन्द्व भएको उनले देखेका छन् । उनीहरुको नजरमा नेपालीपनि गोरा जाती नै हुन् र नेपालीहरु लुट्नका लागि अमेरिका पुगेका हुन् । नेपालीले के लुट्थे र ? घरबार लथालिङ्ग छ । बुढो एकातिर बुढी अर्कोतिर, बिजोग छ । कति नेपालीले हेपाइ सहन नसकेर जाइलाग्ने गर्दछन् । घाइते हुन्छन् ।

अमेरिकामा नेपालीहरुको अवस्था

उनका अनुसार नेपालीहरु गैरकानूनीरुपमा अमेरिका पुगेका नेपालीहरु छ्याप्छ्याप्ती भेटिन्छन् । अमेरिका छिर्न नेपालीहरुले आफ्नो भएनभएको हैसियत दुरुपयोग गरेका हुन्छन् । कोही दलाल मार्फत बढी पैसा तिरेर गैरकानुनी रुपमा जान्छन । कोही आफ्नो हैसियत देखाएर कानुनी रुपमा जान्छन् र उतै लुक्छन् । कोही डिभी परेर जान्छन ।

यहाँ शानले जिएकाहरुको पनि अमेरिका पुगेपछि स्तर जिरोमा झर्ने गर्दछ । अमेरिकामा रहेका अपवादबाहेकका आम नेपाली गर्ने भनेको ज्यालादारी र शारीरिक श्रम नै हो । उनका अनुसार धेरै जसो नेपालीहरुले रेस्टुरेन्ट तथा ग्यास स्टेसनको डिलरमा काम गर्ने गर्दछन् । ‘धेरै नेपालीले पहिचान विहीन जिन्दगी बिताईरहेका छन् । अमेरिकीहरुले नेपालीहरुलाई सामाजिक रुपमा स्वीकार गर्दैनन् ।’ गुरुङ्गले तीतो अनुभव पोखे ।

डिभी परेर जानेहरुलाई झन गाह्रो भएको उनी बताउछन् । उनकाअनुसार डिभीवालालाई काम पाउन, कमाउन र त्यहाँ घुलमिल हुन गाह्रो छ । उनी भन्छन् ‘डिभी परेर जानेहरु कानुनी भएर जान्छन । कर तिर्दा तिर्दै उनीहरुको कमाई सकिन्छ । धेरै कर तिनुपर्छ उनीहरुले । हातमुखजोर्न गाह्रो छ ।’

जीवन भनेको पैसा मात्र होईन, समाज तथा सस्कृती पनि हो । जुन अमेरिकामा नपाउने उनी बताउछन । अमेरिकामा पहिचान पाउन असम्भवप्राय रहेको उनको बुझाइ छ । शुन्य देखि संर्घष गर्दा गर्दै अधिकांशको जिन्दगी सकिएको उनले नजिकबाट देखेका छन् । अमेरिकामा पैसा बाहेक अरु जिन्दगी नै छैन भन्ने उनी ठोकुवा गर्छन् ।

अमेरिकामा काम पाउनु नै ठूलो

उदारबाद र खुला अर्थतन्त्रलाई मान्ने भएकाले अमेरिकामा कामको सम्मान भन्दा पनि आम्दानीको कुरा आउने उनको अनुभव छ । काम नगरी माम नआउने हुनाले त्यहा काम पाउनु नै ठुलो हुने उनी बताउछन् । अमेरिकामा कामको सम्मान छ जे गर्दापनि इज्जत हुन्छ भन्ने कुराप्रति उनी सहमत छैनन् । कसले के काम गर्छ भन्ने कुराको मूल्यांकन र हेक्का नराख्ने समाज र मान्छे हुनै नसक्ने उनको तर्क छ ।

बौद्धिक व्यक्ति पलायन हुंदा नेपाललाई अरबौंको घाटा

हरेक दिन अमेरिका जानका लागि औसत १०० जनाले आवेदन दिन्छन् । आवेदन सुल्कमात्र दैनिक १७ लाख बिदेशिन्छ । उनी भन्छन् ‘सामान्य हिसावमा नै महिनामा करौडौं बाहिरिन्छ । आवेदन पछिका प्रक्रियामा त धेरै पैसा हामीले विदेसमा बुझाईसक्छौं । तर गैरकानुनी रुपमा जानेहरुको पैसाको त गणना नै हुन्न ।’

‘त्यसैगरि देशले एउटा बिद्याथीलाई युरोप/अमेरिका जानलाई योग्य बनाउन्जेल धेरै लगानी गरिसकेको हुन्छ । अमेरिका गईसकेपछि विद्यार्थी सामान्यतया फर्किन्न । जसले गर्दा राज्यको ढुकुटी नोक्सान भइरहेको हुन्छ । कोही यहाँको चल अचल सम्पत्ति बिक्रि गरेर नर्फकिने गरि जान्छन्, त्यो पैसा उतै जान्छ ।’ उनले सुनाए । सरकारी कर्मचारीसमेत अमेरिका भासिने गरेका छन् । भ्रष्टाचारीहरु धन लुकाउनका लागि पनि उता जाने गरेको गुरुङ्गको दाबी छ ।

हामीले लाउने लुगा मात्र राष्ट्रबाद होईन

देश समृद्ध बन्नको लागी खास खालको राष्ट्रबाद हुनु जरुरी रहेको उनी बताउछन । अमेरिका पलायन हुने प्रणालीले राष्ट्रबाद कमजोर बनाएको उनको आरोप छ । राष्ट्रबाद कमजोर भएपछि आर्थिक र सामाजिक रुपमा देश कमजोर हुन्छ । उनी अघि बढ्दै भन्छन् ‘ विदेश गएका नेपालीहरुले नै अन्य युवाहरुलाई विदेश जान प्रोत्साहित गर्दछन् । बिदेश भनेर मरिहत्ते गर्ने युवाहरुले गर्दा नेपालीहरुलाई खर्बौको घाटा भएको छ ।’

उनका अनुसार राष्ट्रबाद भनेको हामीले लाउने लुगा होईन, राष्टगान गाउनुमात्र पनि राष्ट्रबाद होइन । राष्ट्रबाद आर्थिक समृद्धीसग जोडिनु पर्ने उनको धारणा छ । । समान सहभागितासंग जोडिएमा विकास हुने उनको बुझाई छ । । विदेश जाने र त्यहाँबाट कमाएको पैसा अनावश्यक खर्च गर्ने प्रवृत्तिले राष्ट्रबाद कमजोर बनाएको उनको मान्यता छ ।

बिदेस जानु राम्रो हो तर उतै पलायन हुनु चाही खराब हो 

एक देशबाट अर्को देशमा रोजगारीको लागि जानुलाई उनी स्वभाविक ठान्छन् । तर, आफ्नो देशलाई सदाका लागि छोड्नु अनुपयुक्त भएको उनको भनाइ छ । अमेरिका जाने अधिकाँश यता न उताका भएको उनले देखेका छन् । फर्कौ फर्कन मन छैन, उतापनि राम्रो अवस्था हुंदैन । देशबाट पलायन हुने प्रवृत्तिको मुख्यकारण उनी राजनीतिलाई मान्छन । भन्छन् ‘ देशको अर्थतन्त्रले हामीलाई विश्वस्त तुल्याउन सकेन । विश्व नै एउटा गाऊँको रुपमा बिकास भएको सन्दर्भमा विदेश जानु अस्वभाविक नभएपनि पलायनवादी सोच राम्रो नभएको उनको निष्कर्ष छ ।

पढ्नका लागि कम्तिमा एक पटक अमेरिकामा पुग्न सकेमा चेतनाको स्तर बढ्ने तर उतै बस्न जानेहरुको चेतना र सामाजिकस्तर दुबै कमजोर हुंने तर्क छ । पढ्न गएको विद्यार्थीले नयाँ प्रविधि र सोच लिएर फर्कन्छ । उतै बस्नका लागि डिभी परेर जाने वा अरुहरुले त्यस्तो विषयमा अवसर नै नपाउंने उनको तर्क छ । गयो, खायो, हिड्यो, केटाकेटी हुर्कायो । यत्तिमै जबिन सकिने उनको भनाइ छ ।

अमेरिकाको विकृती

‘विश्वको शक्तिशाली राष्ट्र तथा नेपालीहरुको सपनाको देश अमेरिका पनि गरिब छ । व्यापक विकृतीले अमेरिका ग्रस्त छ ।’ राम भन्छन्, ‘राज्यले पैसा दिने भएकाले कालाहरुले धेरै बच्चा जन्माउँछन । बच्चाका संख्या अनुसार उनीहरुले राज्यबाट फुड स्टाम्प पाउछन । त्यसैलै एउटै महिलाले ६ सात वटा बच्चा जन्माउछन । डिभोर्स गर्छन अर्को संग त्यस्तै गर्छन अमेरिकामा विकृती धेरै छ । ’

उनका अनुसार अमेरिकामा युवाहरुको बेरोजगार दर धेरै छ । ‘हामी रोजगार गर्न अमेरिकामा जान्छौं । तर अमेरिकामा नै बेरोजगारहरु धेरै छन् । जसले गर्दा उनीहरु बिहे गर्ने बच्चा जन्माउने फेरि बिहे गर्ने गरिरहन्छन ।’ उनले भने ।

[embed]https://youtu.be/gKag3Zo9K8k[/embed]

ram gurung america bata farkera ram karki's experience in america USA samajsastri ram karki ko anubhav

विशेष