मनोरञ्जन

अनुष्का शर्मा किन धाइरहन्छिन करण जोहरको घर ?

अनुष्का शर्मा किन धाइरहन्छिन करण जोहरको घर ?

Anuska बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा अन्य अभिनेत्री भन्दा फरक स्वभावकी छिन् । उनी आफ्ना साथीहरुको घेरा सानै राख्न रुचाउँछिन् । पार्टीतिर जान पनि उनी खासै रुचाउँदिनन् । उनको थोरै रहेको साथीको घेरामा निर्माता निर्देशक करण जोहर पनि पर्छन् । उनीहरु यति नजिक भएका छन् की अनुष्का पटक पटक करणको घर धाइरहने गर्छिन् ।

अनुष्काको आउँदो फिल्म ‘ए दिल है मुश्किल’को सुटिङको क्रममा उनीहरु दुई नजिकिए । त्यसपछि नै अनुष्का करणको घर जाने क्रम बढेको भारतीय मिडियाले जनाएको छ । अनुष्कालाई करण निकै रमाइलो र असल साथीजस्तो लाग्ने भारतीय मिडियाको दाबी छ ।

Anuska Sharma

विशेष