कस्तुरीको बिना सहित पक्राउ

भदौ ६ । दार्चुलाको शेरी गाविस–८ बस्ने ३५ बर्षीय उत्तर सिंह कोट्टारी र गुल्जर गाविस–९ बस्ने आइते भन्ने अम्मर सिंह ठगुन्नालाई प्रहरीले अंदाजी तीन तोलाको २ थान कस्तुरीको बिना सहित पक्राउ गरेको छ । कोट्टारीले विगत देखि अवैध बन्यजन्तुको चोरी शिकारी गर्ने गरेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा कस्तुरीको बिना ८७ हजार रुपैयाँमा ठगुन्नलाई बिक्री गरेको बताएपछि प्रहरीले आइतबार ठगुन्नाको घर तलासी गर्दा घरको कोठामा गहुँको बोरा भित्र लुकाई राखेको अवस्थामा उक्त कस्तुरीको बिना बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।