प्रवास

विनोद चौधरीले अमेरिकामा चाउचाउ उद्योग खोल्ने

विनोद चौधरीले अमेरिकामा चाउचाउ उद्योग खोल्ने
binod_k_chaudharyभदौ – ६ । व्यबसायी विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने बताएका छन् । नेपालीहरुसँग अमेरिका ड्यालसमा छलफलको क्रममा सपनाले आफूलाई सफल बनाइरहेको हुँदा अमेरिकामा वाइवाइको उद्योग स्थापना गर्ने आफ्नो सपना सार्वजनिक गरेका हुन् । राति होइन दिउँसो देखेको सपनाले मान्छेलाई सफल बनाउने शुत्र लिएर अघि बढेका चौधरीले अमेरिकामा आफ्नो चाउचाउ उद्योग स्थापनाको सपना रहेको हुन् । पुख्र्यौली कपडा व्यापारबाट चाउचाउ उद्योगमा हात हालेपछि विनोद चौधरीले व्यबसायीक सफलतामा कहिल्यै पछाडी फर्किनु परेको छैन । त्यही कारण अमेरिकामा पनि वाइवाई चाउचाउको उद्योग स्थापना गरेर अघि बढ्ने योजनामा चौधरी छन् । भारतमा समेत वाइवाइका आठवटा उद्योगहरु छन् । त्यहाँबाट अमेरिकामा वाइवाइ ल्याउनुको सट्टा यही स्थापना गर्ने क्रममा चौधरी अध्ययनको क्रममा छन् । अमेरिकाको न्यूयोर्कको जोन एफ केनेडी विमानस्थालमा रहेको रेडिसन होटलमा समेत उनको लगानी रहेको छ । त्यो होटेललाई विस्तार गर्ने योजना पनिउ उनको रहेको छ । सिलिकन भ्यालीमा रहेका केही कम्पनीहरुसँग लगानीका विषयमा कुराकानी समेत भइरहेको चौधरीले खुलासा गरेका छन् ।

binod chaudhary

विशेष