खेल

कराते च्यालेन्जमा नेपालीलाई ३ पदक

कराते च्यालेन्जमा नेपालीलाई ३ पदक
Karateभदौ–६ । सेइतोकाई खुला कराते च्यालेन्जमा नेपालीले ३ पदक जितेका छ । फिनल्यान्डको हेलसिन्कीमा भदौ ४ र ५ गते आयोजना भएको कराते च्यालेन्जमा नेपाली कराते खेलाडी मन्डेकाजी श्रेष्ठले रजत र कास्य तथा अर्का खेलाडी मुकुन्द्र महर्जनले रजत पदक प्राप्त गर्न सफल भएका छन् । श्रेष्ठले ७५ केजी तौल समूहमा सेमिफाइनलमा बाई पाएर जित निकाल्दै आयोजक फिनल्यान्डका खेलाडीसँग फाइनलमा ७–२ ले पराजित भई रजत पदक प्राप्त गर्न सफल भएका थिए । यस्तै सोही प्रतियोगिताको व्यक्तिगत काता तर्फ मन्डे पहिलो चरणमा पराजित भएर पुनः कास्य पदकको लागि भएको रिपेचर गेममा फिनल्यान्ड र लात्भियाका खेलाडीलाई समान ३–२ अंकले हराउँदै कास्य पदक हासिल गर्न सफल भएका हुन् । यस्तै अर्का खेलाडी मुकुन्द्रले ६७ केजी तौल समूहमा पहिलो चरणमै वाई प्राप्त गर्दै सिधै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा अल्जेरियालाई ५–२ ले पराजित गर्दै फाइनल पुगेका उनी फिनल्यान्डका खेलाडीसँग पराजित भई रजत पदकमा समेटिएका हुन् ।

Karate nepal

विशेष