रजत पदक विजेता इथोपियाका धावक सरकारविरुद्ध
भदौ–६ । रियो ओलम्पिक २०१६ को म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरे ।
आइतबार बेलुका दौड पूरा गरेपछि उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् ।
लिलेसाले धेरै पटक विरोध जनाए । म्याराथनपछि उनी देश फर्किए ज्यानको खतरा रहेको पत्रकारलाई बताएका छन् । उनले भने ‘इथियोपिया सरकारले ओरोमो समुदायका मानिसको हत्या गरिरहेको छ, उनीहरुको जग्गा पनि कब्जा गरेको छ । त्यसैले ओरोमो समुदायका मानिसले विरोध प्रर्दशन गरिरहेका छन् । र म पनि ओरोमो हुँ ।’
Feyisa Lilesa