पेरिसमा तीजकाे राैनक
भदौ – ६ । नारीको महान् चाड तीज नजिकिदैँ गर्दा नेपालका विभिन्न ठाउँ लगायत विदेशमा पनि तीज कार्यक्रमको आयोजना हुन थालेको छ । अहिले त तीज नआउँदै दर खाने चलन आइसकेको छ ।
दर कार्यक्रम राखेर साथी संगी, दिदीबहिनी तथा आमाहरु भेला हुँदै रमाइलो गर्ने प्रवृति नेपालीमाझ निकै प्रचलित भइसकेको छ । यसै सन्दर्भमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद फ्रान्सले नेपालीहरुको तीज २०७३ को पूर्व सन्ध्यामा तीजको भब्य कार्यक्रम आयोजना गरेको छ । पेरिसमा तीज पर्वको अवसरमा नेपाली चेलीवेटीहरूलाई दर खुवाउने कार्यक्रमको यो द्रोस्रो पटक हो ।
पेरिस संगै जोडिएको लाकुर्नव शहरमा एउटा विशेष हल ब्यवस्था गरेर दिदीवहिनीहरू लाई जलपान खाजा नास्ता र खाना (दर) को व्यवस्था पनि गरियो ।
नेपाली झण्डा र ध्वजा पतकासहित एन आर एन ए को ब्यानरहरूले श्रंगारिएको कार्यक्रम स्थलमा रातो साडी र पुरै नेपाली पोशाक र गर गहनाले सुस्सज्जीत दिदीवहिनीहरूको उपस्थितीले कार्यक्रम स्थल नेपालको पशुपतीनाथ मन्दिर परिसर भन्दा कम भएन ।
एनआरएनको आयोजनामा भएको तीजको दर खाने यस कार्यक्रममा अधिकांश नेपाली दिदीवहिनीहरूको साथै एन आर एन का दाजुभाईहरूको समेत उपस्थिती र सहयोग रह्यो ।
Paris
Teej