ब्रेक-अप बारेमा बल्ल मुख खोले रणवीर, मन दुखेको गुनासो
कलाकारको जीवन ऐनाजस्तै छर्लङग हुन्छ । उनीहरुको जीवनबारे आम दर्शकको बडो रुचि हुन्छ । बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफविचको ब्रेकअपको चर्चा अझै पनि सेलाएको छैन । करिब ६ बर्ष लामो प्रेम सम्बन्धबाट विश्राम लिदै यी दुइले अलग हुने निर्णय गरेका हुन् ।
प्रेममा आएको विच्छेदको बिषयमा मिडियामा न त कट्रिनाले मुख खोलेकी थिइन् न त रणवीरले । पहिलो पटक नायक रणवीरले कट्रिनासँगको प्रेमको बिषयमा मुख खोलेका छन् । उनले पूर्व प्रेमिकासँग अलग हुनुको पछाडि धेरै कारण भएको बताएका छन् ।
उनले समाचार, रिपोर्ट, गसिपका साथमा विभिन्न कारणका कारण कट्रिनासँग व्रेकअप भएको बताएका छन् । उनले आफ्ना बाबु आमा पछि कट्रिना नै आफ्ना लागि बाटो देखाउने साथी भएको बताएका छन् । तर, अहिले यो कुरा आफूले मिस गरिरहेको उनको भनाई थियो ।
रणवीरले कैफसँग अलग हुँदा आफूलाई गहिरो चोट पुगेको बताएका छन् । जसले गर्दा उनले आफू अत्यन्तै दुखीत भएको समेत सुनाए । प्रेममा अलग भएपछि पहिलो पटक रणवीरले यस बिषयमा मुख खोलेका हुन् । एजेन्सी
Katrina Kaif
Ranbir Kapoor