मनोरञ्जन

मिसेस् नेपाल युनिर्भसको उपाधी पद्मिनीलाई

मिसेस् नेपाल युनिर्भसको उपाधी पद्मिनीलाई
Padhmini 2 भदाै - ६ । ई प्लानेट प्रालीद्वारा आयोजित नेपाल मिसेस् नेपाल युनिर्भस २०१६ को उपाधी पद्मिनी झाले उपाधि हात पारेकी छिन् । पद्मिनीले अब चीनको ग्वान्झाउ शहरमा सम्पन्न हुने विवाहित महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१६’ नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन् मिसेस् युनिभर्स २०१६ आगामी २९ अगष्ट देखि सेप्टेम्बर ६ तारिखसम्म चीनमा संचालन हुनेछ । मिसेस् युनिभर्समा नेपालको ई प्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनको तेस्रो आयोजना हो । यस अघि सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन् । यसै गरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन् । मिसेस् नेपाल युनिभर्स २०१६ का रुपमा चयन भएकी पद्मिनी झा हाल आई.डी. नेपाल कन्सल्टेन्ट प्रा.लि.मा सोसियोलजिष्टका रुपमा कार्यरत छिन् ।

Miss Nepal universe Padhmini Jha

विशेष