दुई हजार लिटर घरेलु मदिरा नष्ट
भदौ - ६। धनगढी उपमहनगरपालिका–२ वैयावेहडीबाट बरामद गरिएको झण्डै दुई हजार लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा आज उक्त परिमाणको मदिरा नष्ट गरिएको हो । अवैध मदिरा उत्पादन हुने क्षेत्रबाट दुई हजार लिटर मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडा, यसमा प्रयोग हुने औषधिसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपसिंह भण्डारीले बताए। रासस
dhangadhi
Local Alcohol