मनोरञ्जन

युवा कलाकार कविराज लामाको पाँचौ एकल कला प्रदर्शनी सुरु

युवा कलाकार कविराज लामाको पाँचौ एकल कला प्रदर्शनी सुरु

भदाै - ६ । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा युवा कलाकार कविराज लामाको पाँचौ एकल कला प्रदर्शनी आइतबारबाट सुरु भएको छ । ‘फ्राग्मेन्टस्’ शीर्षकमा गरिएको सो प्रदर्शनीको उद्घाटन बैंकर अनिल शाहले एक समारोहका बीच गरे ।

नेपाली कलामा कलाकार कविराजको उपस्थिति निकै उत्साहजनक रहेको बताउँदै शाहले भने, ‘कला भनेको देशको प्रतिबिम्ब हो । यसले अहिलेको परिवेशलाई सयौं वर्षसम्म जीवन्त राखिरहन्छ । यस कार्यमा कलाकार कविको पनि अहम् भूमिका रहने विश्वास लिएको छु ।’

कलाकार लामाले २०१६ मार्चको पहिलो हप्ता जर्मनीको म्यूनिख सहरमा रहेको कुन्स्लर हाउस आर्टिष्ट एण्ड रेसिडेन्सीमा दुईमहिने आवासीय कला कार्यक्रममा छनौट भई काम गर्ने अवसर पाएका थिए । सो आवासीय कार्यक्रम उपलब्ध गराउने संस्था लिथोग्राफी कलाका लागि विशवमै प्रसिद्ध रहेको छ । सो रेसिडेन्सी स्टूडियोमा विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासोले समेत लिथोग्राफीसम्बन्धी काम गरेका थिए ।

लिथोग्राफीका लागि पाइने ढुंगाका लागि पनि जर्मनीको बाबरिया निकै प्रसिद्ध स्थान हो । जहाँ लिथोग्राफी गर्ने कलाकार एकचोटि पुग्ने सपना साँचेका हुन्छन् । ‘जब म त्यहाँ पुगे, लिथोग्राफीका लागि विश्वमै कहलिएको बाबरिया तथा मैले रेसिडेन्सीका लागि अवसर पाएको स्थान आफैमा प्रसिद्ध कलाको तिर्थस्थल हो । जुन मेरा लागि सबैभन्दा ठूलो उपलब्धी हो’ कलाकार लामाले बताए । उनले थपे, ‘नेपालका राष्टिय सम्पदालाई भूकम्पपछिको अवस्थालाई कलात्मक रुपमा उतार्ने कोसिस गरेको छु ।’

Anil Shah Art Banker Anil Shah Kabiraj Lama

विशेष