
वि स २०७३ । भदाै । ०७ । सन् २०१६ । ०८ । २३ । मंगलबार । भाद्र कृष्ण षष्ठी ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सहयोगीहरूको साथ जुट्नाले रोकिएका चिताएको काम सजिलै सम्पादन हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। कर्मको उचित प्रतिफल पाइनुका साथै मनग्य धन आर्जन हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीको गलत अर्थ लाग्नाले शुभचिन्तकहरू टाढिन सक्छन्। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सहयोगीहरूको साथ जुट्नेछ भने पहिलेको सफलताले मनोबल बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। परिवारजनको साथले पनि उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
घरखर्च बढ्नुका साथै अभावले सताउन सक्छ। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। बलजफ्तीले पछिसम्म बाधा पुर्याउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सुखद समाचारले काममा उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले मनग्य धनलाभ हुनेछ। आम्दानीको स्रोत समेत बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। मेहनतको उचित मूल्य नपाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै काम बिग्रने डरले सताउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। । चोटपटक लाग्ने योग देखिएकाले सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। काम बिग्रने डरले पनि सताइरहनेछ। परिवारजनमा आमाको सहयोगबाट चिताएको काम बन्न सक्छ।
Rashifal