खेल

सहिद स्मारक बि डिभिजन लिगमा आरसीटी र सातदोबाटो विजयी

सहिद स्मारक बि डिभिजन लिगमा आरसीटी र सातदोबाटो विजयी

Sport

भदौ ७ । बी डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटी र सातदोबाटो फुटबल क्लब विजयी भएका छन् । सोमबारको पहिलो खेलमा आरसिटीले नयाँवस्ती युवा क्लबलाई २–० ले हराएको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै भएको दोश्रो खेलमा सातदोबाटोले ब्वाइज युनियनलाई ३–० ले हरायो । प्रतियोगितामा मंगलबार महावीर क्लब र बाँसबारी, टुसाल युवा क्लब र पुल्चोक स्पोर्ट्स क्लब तथा च्यासल युवा क्लब र श्रीकुमारी युवा क्लबले खेल्नेछन् ।

Sprots

विशेष