कपडाको मास्कले धुलोधुवाँ छेक्ने होइन प्रदुषणका कण जम्मा गरेर राख्छ
भदौ ७ । राजधानीमा वायु प्रदूषणबाट बच्न प्रयोग हुने कपडाको मास्कले धुलो र धुवाँको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ। काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदूषणका कण छिर्ने पत्ता लागेको हो । अमेरिकाको मासाचुसेट्स विश्वशविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्छन् । साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० प्रतिशत नाकमुखभित्र छिरेको थियो । ‘डिजेल इन्जिन भएको ट्रकको छेउमा बस्दा त झन् अवस्था भयावह हुन्छ’ प्रतिवेदनमा भनिएको छ । अन्नपूर्ण पोस्टबाट