देश

कर्मचारीलाई सुविधा नै सुविधा, प्राधिकरण घाटैघाटामा

कर्मचारीलाई सुविधा नै सुविधा, प्राधिकरण घाटैघाटामा

nepal-bidhut-pradhikaran भाद्र ७ वर्षौ देखि घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ ।उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्यधिक सेवा सुविधा बढाएको हो ।

प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको हो ।

सामान्य प्रचलनअनुसार उच्च घाटामा रहेको कापनीका कर्मचारीको सेवा सुविधा बढाइँदैन । प्राधिकरण उच्च घाटामा भए पनि सरकारले पटकपटक घाटा अपलेखनगर्दै आएको छ । प्राधिकरण सञ्चालक समितिले सरकारले निजामती कर्मचारीलाई बृद्धि गरेअनुसार २५ प्रतिशत तलब बृद्धि गर्नुका साथै विगतमा खाइपाइ आएको विभिन्न किसिमका प्रोत्साहन भत्तालाई पनि निरन्तरता दिएको छ ।

यस्तै समितिले प्राधिरणको कर्मचारीको भ्रमण भत्तामा समेत उल्लेख्य बृद्धि गरेको छ । बैठकले यसअघि दिँदा आएको घर भाँडा शुल्कमा पनि उल्लेख्य बृद्धि गरेको स्रोतको दाबी छ । राजधानी दैनिक

Bidhut Pradikarn

विशेष