इतिहासमा आज

टिकापुर घटनाको एक वर्ष

टिकापुर घटनाको एक वर्ष

Tikapur

विक्रम सम्बत २०७२ साल भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक बालकको हत्या भएको एक बर्ष पुरा भएको छ । संविधान प्रतिअसन्तुष्टि जनाउदै थरुहट थारुवान संयुक्त संर्घर्ष समितीले गरेको आन्दोलनका क्रममा एसएसपी न्यौपाने सहित ९ जनाको मृत्यु भएको थियो ।

टीकापुर घटनामा राज्यकै आडमा मानव अधिकार उल्लघनका घटना भएको तथा संबिधानले प्रत्याभुत गरेका अधिकार बिरुद्ध राज्य पक्ष दमनमा उत्रिएको भन्दै थारुहट संयुक्त संघर्ष समिति भने अझै आन्दोलनमा छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले संघर्ष समितिका १ सय १८ नेता कार्यकर्ता विरुद्ध मुद्धा चलाएको छ । टीकापुर घटना भएको १ बर्ष बितिसक्दापनि राज्यले आफ्ना कार्यकर्ता माथी लगाएको मुद्धा फिर्ता नगरेको तथा यसअघि भएका सहमती कार्यान्वयन नगरेको भन्दै समितिले आज राजधानीमा विरोध सभा गर्दैछ ।

Tikapur Kailali

विशेष