स्वास्थ्य

मोरङमा भेटियोे प्राणघातक ब्रुसेलोसिस

मोरङमा भेटियोे प्राणघातक ब्रुसेलोसिस

भदौ ७ । दक्षिण अमेरिका,मेक्सिको,युरोप र भारतका केहि स्थानमा मात्र देखिएको प्राण घातक रोग ब्रुसेलोसिस नेपालमा पनि देखिएको छ । नेपालको मोरङ जिल्लाको विराटनगरमा यो रोग देखिएको हो ।

चिकित्सकका अनुसार यो रोगको मृत्युदर ८५ प्रतिशत रहेको छ । झापा बिर्तामोड निवासी ३३ वर्षीय इन्दुमाया रानामा यो रोग देखिएको थियो । उनी अर्धचेत अवस्थामा विराटनगरस्थित अस्पतालमा उपचार गर्न आएकी थिइन् । उनी हाल लाइफगार्ड अस्पतालमा उपचार कक्षमा उपचाररत छिन् । इन्दुलाई पहिलो सातामा ज्वरो र कपाल दुख्ने समस्या भएपछि उनलाई बिर्तामोडकै अस्पतालमा लगिएको थियो । अस्पतालमा चार दिन राखेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्ज पछि पनि सन्चो नभएपछि उनलाई बिर्तामोड अस्पताल पुर्याइएको थियो । यही अस्पतालमा इन्दुलाई ब्रु्सेलोसिस लागेको थाहा पाएर उनलाई धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको इन्दुका पति Buuseleshisराजेन्द्र रानाले बताएका छन् ।

राजेन्द्रका अनुसार धरानमा पनि सोर्स फोर्स लगाउने कोही नभएर मेडिकल वार्डमा तीन रात पानी चढाएर राखेको त्यसपछि कोही हेर्न पनि नआएको र अन्तिममा आइसियू खाली नभएका कारण अर्को अस्पतालमा लैजान भनेर राति तीन बजे बिदा दिएको उनले बताएका छन् । राजेन्द्र इन्दुलाई उपचार गराउन आइसियू खोज्दै साउन २५मा विराटनगरको लाइफवोर्ड अस्पतालमा पुगेका थिए ।

अस्पतालमा चिकित्सक अस्मितानन्द ठाकुरले भने, ‘बु्रसेलोसिसले पूर्ण रुपमा उनलाई सङक्रमण गरेपछि उनको मष्तिस्क, मुटु , मृगौला र फोक्सोमा असर परेकाले उनी जथाभावी बोल्ने लक्षण देखाइसकेकी थिइन् । ’ त्यसपछि इन्दुलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सात दिनसम्म भेन्टिलेटरमा राखेपछि मात्र उनको होस आएको थियो । अहिले उनको अवस्था खतरा मुक्त रहेको डा. ठाकुरले बताएका छन । नयाँ पत्रिका

Brucellosis

विशेष