स्वास्थ्य

स्तनपान सम्बन्धी केही जानकारी

स्तनपान सम्बन्धी केही जानकारी

Stan Pan

१.बच्चा जन्मिएको आधा घण्टाभित्र निस्किएको पहेँलो दूध बच्चालाई खुवाउँदा अति नै पौस्टिक हुन्छ ।

२.बच्चालाई ६ महिनासम्म आमाको दुधबाहेक अन्य कुरा खुवाउनुहुँदैन ।

४.बच्चालाई प्रत्येक दुईदेखि तीन घण्टाको फरकमा स्तनपान गराउनुपर्छ ।

५.जति स्तनपान गरायो त्यति नै बढी दूध आउँछ । स्तनपान नगराएमा आफैँ सुकेर जान्छ ।

६.कतिपय समाजमा पहिलो बिगौती दूध खुवाउनु हुदैँन भनेर निचोरेर फाल्ने चलन छ । यो नवजात शिशुलाई सबैभन्दा राम्रो रोग प्रतिरोधात्मक औषधी हो ।

७. जुन बच्चाले प्रशस्त मात्रामा स्तनपान गरेको छ, सो बच्चा तीक्ष्ण हुन्छ ।

८.आमाको दूधमा बच्चालाई चाहिने प्रोटिन कार्बोहाइडे«ट, फ्याट, मिनरल्सलगायत सम्पूर्ण सन्तुलित आहारा पाइन्छ ।

Stanpan

विशेष