स्वास्थ्य

स्याउको बियाँ क्यान्सरको औषधी

स्याउको बियाँ क्यान्सरको औषधी

Apple भदौ ७ । स्याउको स्वास्थ्यको लागी फाईदाजनक रहेको सबैलाई थाहा नै छ । दैनिक रुपमा एउटा स्याउ खाँदा डाक्टरकहाँ गइरहनु पर्दैन । यो भनाईले पनि शरिर स्वस्थ राख्न स्याउको महिमा पुष्टि हुन्छ । स्याउ बोक्रा नफाली खाने फल भएपनि कतिपयले फालेको पाइन्छ । स्याउको बोक्रा र बियाँमा शरिरलाई चाहिने निकै आवश्यक तत्व रहेको हुन्छ ।

स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ । स्याउले मुटुरोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ । जर्नल अफ एग्रिकल्चर एन्ड फुड केमेस्ट्रीमा प्रकाशित एक अध्ययन अनुसार स्याउको बोक्रा स्याउभित्र हुने बिया जस्तै लाभादायक हुन्छ । किनकी यसमा क्यान्सरबिरोधी तत्व हुन्छ ।

स्याउको बोक्रा र वियाँमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले क्यान्सरबाट जोगाउँछ । न्युट्रियसन एन्ड क्यान्सर नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार एन्टिअक्सिडेन्टले ट्युमर कोषको बृद्धिलाई रोकी स्तन तथा प्रोस्टेट क्यान्सरबाट बचाउछ ।

स्याउमा पाइने फ्ल्याभोननोइन नाम गरेको एन्टिअक्सिडेन्टले मुटु पोल्नबाट बचाउँछ । स्याउमा क्युरसिटेन नाम गरेको एउटा तत्व हुन्छ जसले मुटु सुन्निने समस्याबाट पनि जोगाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्दयघातलगायत अन्य मुटुजन्य समस्याबाट जोगाउछ । स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ ।

APple

विशेष