मनोरञ्जन

संगित चोरेको आरोपमा अमेरिकी गायिका डेमीलाई मुद्धा

संगित चोरेको आरोपमा अमेरिकी गायिका डेमीलाई मुद्धा
Generated by IJG JPEG Library

एजेन्सी– ‘कन्फिडेन्ट’, ‘डेमी’, ‘डोन्ट फर्गेट’जस्ता एल्बमकी अमेरिककी प्रतिक्षित गायिका डेमी लोभाटोलाई संगीत चोरी गरेको आरोपमा मुद्धा लागेको छ । लोभाटोको सन् २०१५ को चर्चित गीत ‘स्टार्स’ इण्डी ब्यान्ड ‘स्ले बेल्स’ले २०१० को आफ्नो गीत ‘इन्फिनिटी गिटार’बाट प्रभावित भएको आरोप लगाउँदै मुद्धा हालेको हो ।

ती दुई गीत उस्तै सुनिने र ताली, ड्रम, आदिको ताल एउटै भएको स्ले बेल्सले दाबी गरेको छ । चोरीको आरोप लागेपछि लोभाटोले अब कस्तो प्रतिक्रिया दिन्छिन भन्ने कुरा चर्चाको विषय बनेको छ । अघिल्लो वर्ष लोभाटोको ‘स्टार्स रिलिज’ हुदैँ गर्दा स्ले बेल्सले ट्वीट गरेर आफ्नो संगीतबाट नमूना लिएर पनि आफूसँग सम्पर्क नगरेकोमा गुनासो गरेको थियो ।

पछिल्लो समय पनि केही मानिसहरुले लोभाटोको ‘कुल फर द समर’ गीत पनि केटी पेरीको ‘आइ किस्ड अ गर्ल’बाट प्रेरित भएको आरोप लगाएका थिए, जसलाई उनले अस्वीकार गरेकी थिइन् ।

Demi

विशेष