देश

मुआब्जा र अनुदान माग्दै सदरमुकाममा

मुआब्जा र अनुदान माग्दै सदरमुकाममा
bhukampa भदौ - ७ । मुआब्जा र घर बनाउने अनुदान रकम नदिएको भन्दै गोरखाको आरुघाट क्षेत्रका भूकम्पपीडित सदरमुकाम आइपुगेका छन् । भूकम्पले घर भत्किएको पिडासंगै बूढीगण्डकी जलविद्युत् आयोजना बन्दा पानीको सतहले आरुघाट बजार डुबान हुने हल्लाले व्यापारमा घाटा बेहोर्नुपरेका बेला सरकारले मुआब्जा र अनुदान वितरणमा पनि ढिलाइ गरेपछि आरुघाटवासी समस्यामा परेका हुन् । उद्योग वाणिज्य सङ्घ आरुघाट बजार एकाइका अध्यक्ष बुद्धिप्रसाद श्रेष्ठ भने – “बूढीगण्डकी आयोजना बन्दा आरुघाट डुब्ने हल्ला चलेपछि विगत तीन वर्षदेखि जग्गाको कारोबार ठप्प छ । आरुघाट गोरखाको दोस्रो ठूलो व्यापारिक केन्द्र हो तर व्यापार गर्ने घर भूकम्पले भत्कायो, पुरानै ठाउँमा घर बनायो भने बूढीगण्डकी आयोजना बन्दा डुब्छ भन्छन्, नयाँ ठाउँमा बनाउँ भने जग्गा किन्ने पैसा भएन, आयोजना निर्माण हुने–नहुने टुङ्गो भएमा ऋण गरेर पनि भूकम्प प्रतिरोधी घरमा बस्ने आरुघाटवासीको चाहना पूरा हुन कठिन भएको उनको गुनासो छ । बूढीगण्डकी क्षेत्रका घरजग्गा सरकारले गत चैतदेखि किनबेच गर्न रोक्का गरेको छ । अनुदान र मुआब्जा वितरणमा ढिलाइ भएका कारण आरुचनौटे, तान्द्राङ, थुमी, आरुपोखरी, बुङ्कोट, बोर्लाङ, नाम्जुङ, अश्राङ, फुजेल, दर्बुङ, घ्याल्चोकलगायत १४ गाविसका भूकम्पपीडितमध्ये आरुघाट क्षेत्रका ६० घरपरिवार अन्यत्रै बसाइँ सरेका श्रेष्ठले जानकारी दिए ।

Barpak Bhukampa Gorkha

विशेष