बिरामी बालकको मृत्युपछि आफन्त आन्दोलित, अस्पतलामा इसान तोडफोड
भदौ – ७ । इसान अस्पताल बसुन्धारमा उपचाररत एक बालकको मृत्यु भएको छ । अस्पतालले बालकलाई ओभर डोज औषधी दिएको भन्दै मृतक बालकका आफन्त आन्दोलित भएका छन् ।
[caption id="attachment_21469" align="alignnone" width="960"] फोटोः नारायण रिमाल[/caption]
सोमबार राति बारम्बार उल्टी भएपछि ३ वर्ष ५ महिने बालक विरकृष्णा महर्जनलाई उपचारका लागि आफन्तले इसान अस्पताल सुन्धारा पुर्याएका थिए । उनलाई अस्पतालले आइसियूमा भर्ना गरेर उपचार थालेको थियो । राति सोढे ११ बजे आइसियूमा भर्ना गरिएका बालकको विहान करिब ६ बजे अस्पताले मृत्यु भएको जानकारी गरेको थियो । डाक्टरले विहान बालकको मृत्यु भएको र कागजातमा हस्ताक्षर गर्नु भनेपछि मात्रै बालकको मृत्यु भएको थाहा पाएको बालकका मामा निरन्जन श्रेष्ठको भनाइ छ ।
[caption id="attachment_21468" align="alignnone" width="960"] फोटोः नारायण रिमाल[/caption]
बालकलाई आइसियूमा भर्ना गरेपछि अस्पतालले बालकलाई एक पटक पनि भेट्न नदिएको श्रेष्ठकाे आरोप छ । उनले भने किन हस्ताक्षर गर्ने भनेर सोध्दा तपाईको बच्चाको मुटुको धडकन बढी थियो । रक्तश्राव बढी भयो । अक्सिजनको कमि भएर बचाउन सकिएन भनेर अस्पतालले गैरजिम्मेवारी तरिकाको जवाफ दिएको बताए ।
बालकको मृत्यु पछि अस्पतालमा नारा जुलुस भएको थियो । अस्पताल प्रशासनले प्रहरी लगाएर केहि व्यक्तिहरुलाई गिरफ्तार गरेको एक जना सहभागीले बताए ।
यता अस्पतालले भने कुनै प्रतिक्रिया दिएको छैन ।
Ishan Hospital Sundahar