मनोरञ्जन

मिस ग्राण्ड नेपाल मंगलबारबाट सुरु

मिस ग्राण्ड नेपाल मंगलबारबाट सुरु
Miss grand nepal 1 भदौ ७ । लुक्स इन्टरटेन्मेन्ट (मेरोलूक्स) को आयोजनामा मंगलबार मिस ग्राण्ड नेपाल (२०१६) हुन लागेको छ । मिस नेपालपछि मूलुक भित्र अयोजना हुने यो सबै भन्दा ठूलो सौन्दर्य प्रतियोगिता भएको आयोजकले दाबी गरेको छ । काठमाडौंको हायत रिजेन्सी होटलमा मंगलबार बेलुका उक्त प्रतियोगिता हुन लागेको छ । प्रतियोगिताको तयारी सबै सकिएको आयोजकले जनाएको छ । मिस ग्राण्ड नेपाल—२०१६ मा १० जना प्रतियोगीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा यसपटक मिस ग्राण्ड इन्टरनेशनलका प्रेसिडेण्टका साथसाथै २०१५ की विजेता क्लायर एलिजावेथ पार्कर विशेष निर्णायकको रुपमा उपस्थित हुने भएकी छिन् । मिस ग्राण्ड नेपाल (२०१६)मा प्रतियोगि छनौटका लागि काठमाडौं, पोखरा, चितवन र इटहरीमा अडिसनको आयोजना गरिएको थियो । जसमा ५ सय भन्दा बढीले सहभागिता जनाएका थिए । उनीहरु मध्येबाट १० जना प्रतिस्पर्धी मिस ग्राण्ड नेपाल (२०१६)को फाइनलका लागि छनौट गरिएको हो । नेपालबाट मिस ग्राण्ड उपाधि जित्ने प्रतियोगीले विभिन्न पुरस्कारका साथ सन् २०१६ को अक्टोबरमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिस ग्राण्ड इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउने छन् ।

Miss Grand Nepal 2016

विशेष