देश

मुलुकभरका शिक्षा कार्यालयमा धर्ना

मुलुकभरका शिक्षा कार्यालयमा धर्ना
भदौ - ७ । अस्थायी शिक्षकले आफ्ना मागको सुनुवाइ नभएको भन्दै मुलुकभरका शिक्षा कार्यालयमा धर्ना दिएका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिको आयोजनामा देशभरका शिक्षा कार्यालयमा एकघन्टे धर्ना कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष निरेन्द्र कुँवरले बताए । लामो समयदेखि अस्थायी शिक्षकलाई प्रक्रिया पु-याएर स्थायी गरिनुपर्ने माग राख्दै समितिले आन्दोलनका कार्यक्रम गर्दै आएको छ । समितिले शिक्षा ऐन (आठाँै संशोधन)मा भएको अस्थायी शिक्षकसम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन लागू गर्नुपर्ने, अस्थायी, लियन र परियोजनाका शिक्षकको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गर्नुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षकसरह तलब भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । समितिले शिक्षा ऐन २०६३ लागू भएपछि उमेर हदका कारण पेसाबाट अवकाश प्राप्त शिक्षक र सर्वोच्च अदालतको २०६६ सालको फैसलापछि कुनै पनि कारण अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायीसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्ने माग राखेको छ । देशभर करिब ३० हजारको सङ्ख्यामा अस्थायी शिक्षक रहेको समितिले जनाएको छ । रासस

Asthai teacher asthai teacher andolan ma School Strike

विशेष