खेल

एक खेल २९ गोल ३२ पेनाल्टी

एक खेल २९ गोल ३२ पेनाल्टी

dur भदौ ८ । लिग कप फुटबलको दोस्रो चरण अन्तर्गत मंगलबार राति भएको एक खेलमा २९ गोल भएको छ । लिग कप अन्तर्गत गए राति भएको खेलमा डर्बी काउन्टी र कारलिस्लेबिचको खेलमा २९ गोल भएको हो ।

निर्धारित ९० तथा थप गरिएको ३० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा पनि दुवै तर्फबाट लगातार गोल भएपछि ३२ पेनाल्टी प्रहार भए । त्यसमा पाँच वटा पेनाल्टीमा गोल हुन सकेन । टाइब्रेकरमा डर्बी १४–१३ ले विजयी भयो र लिगकपको तेस्रो चरणका लागि छनौट भयो ।

Leauge Cup

विशेष