समाज

सुरु भयो ६ महिना लामो मत्स्येन्द्रनाथको जात्रा

सुरु भयो ६ महिना लामो मत्स्येन्द्रनाथको जात्रा

Machyandra Nath भदौ ८ । पाटनको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको भोटो जात्रा सकिएको एक महिना पछि अन्तिम पर्व सुरु भएका छन् । जात्रा सकिएको जानकारी दिन र बाँकी रहेका सामान थन्काउनका लागि यही महिनामा तीनवटा पर्व हुने गुठी संस्थान ललितपुरले जनाएको छ ।

यही महिनामा गुहुला पारु, किसि गुठी र कोन्हा पूजा गरेर तीन किसिमका पर्व हुने कार्यालयका प्रमुख वैकुण्ठ आचार्यले बताए । “यी पर्व सकिएपछि मात्रै मत्स्येन्द्रनाथको जात्राका काम यस वर्षका लागि सकिन्छ ।” गुहुला पारु पर्वमा रातभर बत्ती बाल्नुपर्ने हुन्छ । यस पर्वलाई जात्राको अन्त्यका रुपमा हेरिन्छ । कोन्हा पूजामा जावलाखेलमा राखिएको पाङ्ग्रा थन्काउने काम हुन्छ । किसि गुठीमा हात्तीको श्राद्ध गर्ने गरिन्छ ।

मत्स्येन्द्रनाथको जात्रा अवधिभर जम्मा २० वटाभन्दा बढी पर्व सञ्चालन हुने गरेका छन् । वर्षभर नै जात्राको तयारी भइरहने प्रमुख आचार्य बताउछन् । “जिल्लामा अरु खालका जात्रा भएपनि सबैभन्दा बढी समय मत्स्येन्द्रनाथको जात्रामा नै समय खर्च हुन्छ ।” छ महिनासम्म सञ्चालन हुने जात्रालाई उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

Mathyandra natha

विशेष