खेल

बार्सिलोना छाडेर म्यानचेस्टरसिटीमा

बार्सिलोना छाडेर म्यानचेस्टरसिटीमा

Barsa भदौ ८ । बार्सिलोना गोलरक्षक क्लाउडिओ ब्राभो इंग्लिस महारथी म्यान्चेस्टर सिटीमा अनुबन्ध हुने लगभग पक्का भएको छ । सम्झौतालाई अन्तिम रुप दिन ब्राभो अहिले म्यान्चेस्टरमा छन् । गोलरक्षक ब्राभोले मेडिकल प्रक्रिया पूरा गरिसकेपछि प्रिमियर लिग क्लवसँग सम्झौता गर्नेछन् ।

बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर रोबर्ट फर्नाण्डेजले भने अनुसार दुई क्लवबीच सैद्धान्तिक रुपमा १९.८ मिलियन युरोमा सम्झौताको तयारी भइरहेको छ । यद्यपी यसलाई अन्तिम रुप भने दिइसकिएको छैन । ‘सम्झौता प्रक्रिया अझै पूरा भइसकेको छैन ।’ सिटीका प्रशिक्षक पेप गोर्डिओलाले च्याम्पियन्स लिग प्लेअफको प्रि म्याच पत्रकार सम्मेलनमा भने, ‘बाहिर जे हल्लाहरु आइरहेको छ म त्यसको खण्डन गर्न चाहन्न, तर म तपाईहरुले सोधेको प्रश्नको पनि उत्तर दिन सक्दिन कि उनी अझै मेरो टिमको सदस्य भइसकेका छैनन् ।’

सिटीमा ब्राभोका आगमनले इंग्लिस गोलरक्षक जोय हार्टको सिटीको भविष्य अन्यौलमा परेको छ । सन् २००६ मा सिटीमा आवद्ध भएयता उनी पहिलो पटक प्रिमियर लिगको सुरुवाती खेलमा टिममा पारिएनन् । अर्को इंग्लिस क्लव एभर्टन, सेभिया र बोरुसिया डर्टमुण्ड २९ बर्षीय हार्टलाई अनुबन्ध गर्न इच्छुक छन् । तर सेभिया र डर्टमुण्ड जान उनी इच्छुक नदेखिएको बिबिसीले जनाएको छ ।

आफ्ना नम्बर एक गोलरक्षक ब्राभो सिटी जाने भएसँगै बार्सिलोनाले पनि गोलकिपर हेरिरहेको छ । उसले आयाक्सका २७ बर्षीय गोलरक्षक जस्पर सिलेसेनलाई ल्याउने तयारी गरिरहेको बताइन्छ ।

football sports

विशेष