स्वास्थ्य

सेल्फीबाट घातक रोग ‘सेल्फी इल्बो’

सेल्फीबाट घातक रोग ‘सेल्फी इल्बो’

Selfie

एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसाँसम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।

यही सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।धेरै सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ । बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको उनीहरुको निष्कर्ष छ ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने सुझाब छ ।माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनीहरु बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको निष्कर्ष निकालिएको छ ।

Selfee

विशेष