मनोरञ्जन

सम्बन्धविच्छेदबाट पाएको ७० लाख डलर सामाजिक काममा

सम्बन्धविच्छेदबाट पाएको ७० लाख डलर सामाजिक काममा

Amber-Heard-1 भदौ ८ । हलिउड अभिनेत्री अम्बर हर्डले विक्षिप्त महिलालाई सहयोग गर्ने संस्थालाई ७० लाख अमेरिकी डलर दिने घोषणा गरेकी छिन् । उनले यो रकम सम्बन्धविच्छेदपछि क्षतिपूर्तिस्वरूप पाएकी हुन् । सोमबार अभिनेता जोनी डिपसाग औपचारिक रूपमा सम्बन्धविच्छेदको फैसला भएपछि अम्बरले यति पैसा पाउने भएकी हुन् ।

केहीअघि सम्बन्धविच्छेदका लागि निवेदन दिएपछि हर्डले आफूमाथि दुव्र्यवहार भएको आरोप पनि लगाएकी थिइन् । यही आरोपमाथि अदालतले फैसला गर्दै ५३ वर्षे जोनी डिपलाई त्यो पैसा क्षतिपूर्तिस्वरूप दिन निर्देशन दिएको हो । आफूले क्षतिपूर्तिस्वरूप पाउने पैसा सबै सामाजिक काममा खर्चिने घोषणा हर्डले गरेकी छिन् ।

Amar Hurd

विशेष