स्वास्थ्य

एक चौथाइ गर्भवती बीस वर्षमुनिका

एक चौथाइ गर्भवती बीस वर्षमुनिका

Pregnent Woman

भदौ ८ । म्याग्दीका करिब एक चौथाइ गर्भवती महिला २० नपुग्दै आमा बन्ने गरेका छन् । आव २०७२/७३ मा जिल्ला जनस्वास्थ्य कार्यालयमा दुई हजार २ सय ८६ जनाले गर्भजा“च गराएकामा ५ सय ६८ जना २० वर्षभन्दा कम उमेरका रहेका कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक लीला गौतमले बताइन । कार्यालयको तथ्याङ्कअनुसार आव २०७१/७२ मा २० वर्षभन्दा कम उमेरका गर्भवतीको संख्या २८.२६ प्रतिशत र २०७०÷७१ मा ३२ प्रतिशत थियो । किशोरी तथा युवती शारीरिक र मानसिकरुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ । बीस वर्षअघि नै बच्चा जन्माउंदा पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गताजस्ता समस्या देखिने गरेको जिल्ला जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीले बताए । केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार जिल्लामा ५७ हजार ३९८ विवाहितमध्ये २० वर्षअघि नै विवाह गर्नेको संख्या ५१.६० प्रतिशत छ ।

यसैगरी म्याग्दीका ६० प्रतिशत गर्भवतीले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, सबै स्वास्थ्य संस्थामा प्रसूति गृह अभाव, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा ४० प्रतिशत गर्भवतीमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको हो ।

Pregnant Woman

विशेष