Technology

किशोर किशोरीलाई लक्षित फेसबुकको नयाँ एप्लिकेशन सार्वजनिक

किशोर किशोरीलाई लक्षित फेसबुकको नयाँ एप्लिकेशन सार्वजनिक
facebook-lifestage-640x411 भदौ – ८ । सामाजिक सञ्जालको रुपमा रहेको फेसबुकको प्रयोग अत्याधिक छ । तर फेसबुकको सट्टा स्न्यापच्याट, विच्याट जस्ता एप्लिकेशन प्रयोग गर्ने किशोर किशोरीको पनि कमी छैन । फेसबुकले किशोर किशोरी तथा युवालाई लक्षित गरेर एक नयाँ सञ्जाल लाइफस्टेज नामक एप्लिकेशन ल्याउँदै छ । एप्लिकेशनलाई गत हप्ता सार्वजनिक गरिएको हाे । फेसबुकले लञ्च गरेको यो नेटवर्कमा २१ वर्ष भन्दा माथिका मानिस यसमा सक्रिय हुन नपाउने टेकक्रन्चले जनाएको छ । २१÷२२ वर्ष भन्दामाथिका व्यक्तिहरुले आफ्नो प्रोफाइल मात्रै हेर्न पाउने छन् तर सामाजिक सञ्जालको रुपमा सहभागी हुन पाउँदैनन् । लाइफस्टेजमा लग इन गर्न फेसबुक एकाउन्ट चाहिँदैन तर आफ्नो बारेमा पूर्ण जानकारी दिनु पर्छ । एक पटक कुनै स्कुलका २० व्यक्ति लाइफस्टेजमा देखिए सबै एक अर्कासँग कुरा गर्न सक्छन् । लाइफस्टेज बनाउने १९ वर्षका माइकल सेम्यान हुन् । उनी गएको दुई वर्षदेखि फेसबुकमा काम गर्दै आएका छन् । लाइफस्टेज गएको हप्ता अमेरिकामा एक एप्लिकेशनको रुपमा लञ्च गरिएको हो ।

facebook life stage naya appe

विशेष