स्वास्थ्य

बिर्सने बानी छ ? - यसरी बढाउनुहोस् स्मरण शक्ति

बिर्सने बानी छ ? - यसरी बढाउनुहोस् स्मरण शक्ति
mastiska भदौ–८ । मानिसको मस्तिष्कको बनावट एकै प्रकारको होला तर यसको क्षमता र प्रयोग भने मानिस अनुसार भर पर्छ । कुराहरु छिटै भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ । स्मरण शक्ति सबैको एउटै हुँदैन र अरुको भन्दा कम भयो भन्दैमा त्यसलाई रोग नै भनिहाल्न मिल्दैन, यद्यपि कहिलेकाहीँ कतिपय रोगहरुका कारण पनि मानिसको स्मरण क्षमता कमजोर बन्दछ । रोग नभई अन्य कारणले स्मरण क्षमता कम भएका मानिसहरुले केही सामान्य उपायहरुले स्मरण शक्ति बढाउन मद्धत गर्छ । १. निद्राको कमीले स्परण क्षमतामा असर पुर्याउँछ । त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ । २. सोचेर खेल्ने खेलले दिमागको कसरत गराउँदछ । त्यसैले चेस, क्रसवर्ड, पजल्स जस्ता खेलले सोच्ने शक्ति बढाउँछ । ३. नियमित व्यायामले पनि दिमागमा सन्तुलित रक्तसंचार गराउँछ । फलस्वरुप तपाईँको मस्तिष्क स्वस्थ रहनुका साथ स्परण क्षमतामा पनि वृद्धि हुन्छ । ४. योगाले मस्तिष्कमा शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ । ५. बदाम, ओखर, हरियो सागपात, ग्रिन टी, डार्क चकलेट जस्ताको नियमित सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन् । ६. कुनै नाम वा संख्या तथा तथ्यांकहरुलाई कुनै दृश्य वा कथासँग जोड्नुहोस् । यसरी रमाइलो कुरासँग जोडेर भिजुअलाइज गरेमा लामो समयसम्म सम्झिन सकिन्छ । ७. मस्तिष्क सक्रिय हुन सके स्मरणशक्ति राम्रो हुन्छ । त्यसैले केही न केही नयाँ कुरा दिनहुँ सिक्ने बानी गर्नुपर्छ । ८. कुनैपनि कामलाई समयतालिका बनाएर समयमै गर्नाले तथा कुनैपनि चिजलाई सम्बन्धित ठाउँमा राख्नाले कुराहरुलाई राम्रोसँग सम्झिन सकिन्छ ।

bisrsane bani mastiska

विशेष