देश

बर्दिया निकुञ्जभित्र सेना र शिकारीबीच गोली हानाहान

बर्दिया निकुञ्जभित्र सेना र शिकारीबीच गोली हानाहान
Nepal army भदौ – ८ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र नेपाली सेना र शिकारीबीच गोलि हानाहान भएको छ ।  बर्दियाको बाँसगढीदेखि उत्तरमा पर्ने चुरेपहाडको फेदि भासतालदेखि पूर्व घट्टे कुला नजिकै गस्तीमा रहेको सेना र निकुञ्जको संयुक्त टोलीमाथि शिकारीले गोली चलाएपछि जवाफ स्वरुप सेनाले चलाएको थियो । गस्तीमा गएको टोलीलाई निकुञ्ज भित्र भास तालदेखि पूर्व घट्टे कुला नजिकै शिकारीको समूहले गोली चलाएपछी नेपाली सेनाले पनि गोली चलाएको शिकारीले चुरे पहाडको डाँडाबाट करीब ३ राउण्ड गोली चलाएपछी नेपाली सेनाले पनि केही राउण्ड गोली चलाएको निकुञ्जका सहायकसंरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । करीव ६, ७ जनाको शिकारी टोली रहेको हुन सक्ने निकञ्जले अनुमान गरेको छ । सेना र निकुञ्जको टोलीले झण्डै १ सय किलो सुकुटी सहित बन्दोबस्तीका सामाग्री बरामद गरेको छ । भरुवा बन्दुक १ थान, बारुद, फलामे रड, चक्कु, हँसीया, टर्च लाईट, माछा मार्न प्रयोग गरिने जाल, त्रिपाल, थाल र ३ थान मोबाईल समेत बरामद गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको रणशार्दुल गण र निकुञ्जको टोली निकुञ्जको चुरे पहाड क्षेत्र हुँदै बबई उपत्यकाका लागि विहान गस्ति हिँडेको थियो । अहिले थप नेपाली सेना र निकुञ्जको संयुक्त टोलीले स्वीप अपरेसन जारी गरी शिकारीको खोजी गरीरहेको निकुञ्जले जनाएको छ ।

Bardiya Rastriya Nikunj Nepal Army

विशेष