चीनले मंगल भूमिमा रोभर अवतरण गर्दै, यस्ता छन् राेभर डिजाइन (तस्बिरसहित)
भदौ–८ । चीनले विश्वलाई आफ्नो स्पेस जाँच, रोभर र ल्याण्डरको डिजाइनको पहिलो झलक दिएको छ । यसलाई प्रमाणित गर्न चीनले आफ्नो पहिलो मिशन मंगल ग्रहमा प्रयोग गर्ने योजना बनाएको छ ।
यो मिशन सन् २०२० को मध्यमा शुरु गर्ने भएको बिबिसिले जनाएको छ । बेइजिङमा भएको घोषणाको भागको रूपमा लिदै अधिकारीहरूले अनुसन्धानकर्ता र लोगाका लागि प्रतियोगिता सार्वजनिक गरेका छन् ।
चीनको महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमले केहि वर्षमै एक तीव्र रुपमा प्रगति गरिरहेको छ ।
विज्ञान, प्रविधि र राष्ट्रिय रक्षाको चिनियाँ राज्य प्रशासनद्वारा प्रकाशित फोटोले ६ पाङ्ग्रे रोभरले मंगल ग्रहको प्रयाप्त छानबिनका साथ सतह अन्वेषण गर्ने चित्रण गरिएको छ ।
यसले रातो ग्रहेको माटो, वातावरण र अन्य कुनै विशेषता, बरफ वा पानी भेटाए त्यसको फोटोसहित डाटा पठाउन बताइएको छ । प्राविधिक कारणको धेरै छेकबार भए तापनि मंगल ग्रह केहि समय यता अन्तरिक्ष खोजीको मुख्य अन्वेषण बन्दै गएको छ ।
चीनले एउटा रोभर चन्द्रमामा सफलतापूवर्क अवतरण गराउने तेस्रो देश हो । आजको मिति सम्म अमेरिका मात्र एक देशहो जसले मंगलग्रहमा एक रोभर सफलतापूर्वक अवतरण गराउन सकेको छ । तर युरोपेली–रुसी मिशन अगाडि देखिनै यसमा लागि परेको थिए । एक अघिल्लो ब्रिटिश नेतृत्वको प्रयास संभवतः मात्र आंशिक, विफलतामा सक्किएको थियो ।
मंगल ग्रहको अन्वेषण गर्न भने अमेरिका, रूस र सोभियत संघ, युरोप तथा भारत पछि चीन पाँचौं देश वा समूह बन्नेछ ।
संसारको सबैभन्दा ठूलो रेडियो दूरबीनको हालै निर्माण र नयाँ पुस्ताले निर्माण गरेको अन्तरिक्ष यान आरम्भ गरेसँगै मंगलसहित, भविष्यमा अन्य मिशनको वृद्धि हुने आशा गरिएको छ ।
China
China Robot
Mangal Grah
Robot