एक दिवसीय क्रिकेटमा पाकिस्तानलाई इंग्ल्याण्डले हरायो
भदौ ९ । इंग्ल्याण्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय क्रिकेटमा विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६० रन बनाएको थियो ।
इंग्ल्याण्डले वर्षाले खेल प्रभावित भएपछि ४८ ओभरमा दुई सय ५२ रनको लक्ष्य पायो । पाकिस्तानले पहिले ब्याटिङ गरेको अजहर अलीको ८२ तथा सरफराज अहमदको ५५ रनको मद्दतमा ६ विकेटको क्षतिमा दुई ६० रन बनायो । इंग्ल्याण्डका अदिल रशिदले दुई विकेट लिए । पाँच एक दिवसीय श्रृँखलमा घरेलु टोली इंग्ल्याण्डले १–० को अग्रता लिएको छ । विजयी भएको छ ।
England Cricket Pakistan cricket