खेल ताजा खबर

एसीसी ब्युतिएको घोषणासंगै नेपाली क्रिकेटमा नयाँ आशाा

एसीसी ब्युतिएको घोषणासंगै नेपाली क्रिकेटमा नयाँ आशाा
Acian Cricket Council भदौ ९ ।  एसियन क्रिकेट काउन्सिल (एसीसी)ले हालै श्रीलंकामा हेडक्वाटर स्थापनाको घोषणा गरेसगंगै एसीसी फेरि ‘ब्यूँतिएको’ छ । यसरी स्थापना भयो एसीसी भारत र पाकिस्तान एकअर्काको देशमा आउन नसक्ने भएपछि दुबईको सारजाहमा खेल्न थाले । त्यहीबेलादेखि नै क्रिकेटको टेलिभिजन लाइभ हुन थाल्यो । पछि श्रीलंकालाई पनि थपेर एसिया कप गर्ने उद्देश्यसहित एसीसी स्थापना भयो ।

१९८३ मा स्थापना भएको एसीसीमा हाल चार टेष्ट नेशनसहित २५ देश पूर्ण सदस्य छन् । र, यसको अध्यक्षता टेष्ट देशले हरेक २ वर्षमा पालैपालो गर्ने सहमति भएको छ । एसीसीको मुख्य आयश्रोत एसिया कप हो । तर, पछिल्लो पटक एन श्रीनिवासन आइसीसीको अध्यक्ष भएपछि उनले एसीसीलाई कमजोर बनाउने प्रयास गरे । उनले एसीसीसहितका क्षेत्रीय निकायहरुले गर्ने सबै काम आईसीसीले नै गर्ने योजना अघि सारे । जसको मुख्य उद्देश्यको क्रिकेटको धेरै फण्ड ‘बिग थ्री’ भारत, अष्ट्रेलिया र इंग्ल्याण्डले पाओस् भन्ने देखिन्छ । र, एसीसीको क्वालालम्पुरमा रहेको कार्यालय बन्द भयो र, आइसीसी अन्तरगत रहने गरी सिंगापुरमा कार्यालय खोलियो । सिंगापुरमा कर कम तिर्नु पर्ने भएकाले आईसीसीले त्यहाँ कार्यालय खोलेको थियो । र, बन्दुला बर्नापुरालाई डेभलोपमेन्ट म्यानेजर बनाएर यो सिजन हेर्ने जिम्मा दिइएको थियो । तर, एसीसी रिजनका देशहरुले एसीसीको सक्रियता आवश्यकता महसुस गरे । लामो समय अनौपचारिक छलफलपछि उनीहरुले हालै मात्र हेडक्वाटर स्थापना गरे । कार्यालय सञ्चालनका लागि १० वर्षसम्म श्रीलंका क्रिकेट र सरकारले खर्च व्यहोर्नेछ ।

पूर्ण सदस्यताको मान्यता

कोलम्बोमा बसेको एसीसीको बैठकमा नेपाललाइ पुर्ण सदस्यताको मान्यता दिने सकेत देखाएको छ ।आईसीसीले निलम्वन गरेपनि एसीसीलाई त्यसका प्रभाव नपर्ने जनाएको छ । जसले गर्दा नेपाल पुर्ण सदस्य बन्ने सम्भावना बढेको छ ।

नेपाललाई कस्तो फाईदा

पछिल्लो समय नेपाल क्रिकेट संघ क्यानलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले निलम्बन गरेको छ । नेपाली राष्ट्रिय टोलीले अन्तराष्ट्रिय प्रतियोगिता त खेल्न पाएको छ । तर, क्रिकेटको विकासका क्षेत्रमा कुनै काम हुन सकेको छैन । न त घरेलु प्रतियोगिताहरु नै भएको छ । एसीसी नहुँदा नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताहरु पनि घटेको थियो ।तर, एसीसी फेरि सक्रिय भएपछि नेपाली क्रिकेटले पनि केही आश गरेको देखिएको छ । अहिले आईसीसीले डेभलोपमेन्ट र एक्जुकेटिभ बडी बनाएको छ । र, यो वर्षको अन्त्यसम्ममा आफ्नो खेल तालिकाहरु सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

बैठकमा सहभागीहरुका अनुसार एसीसीले आयोजना गर्ने प्रतियोगिताहरुमा नेपालको सहभागिता रहनेछ । साथै प्रशिक्षण, अम्पायर तालिमका साथै क्रिकेट विकासका क्षेत्रमा एसीसीले आफ्ना सदस्य देशहरुलाई सहयोग गर्दै आएको छ ।

यद्यपी अब कसरी अघि बढ्छ भन्ने प्रश्न खाका आइसकेको छैन । नेपाल क्रिकेट संघ स्रोतका अनुसार २०१३र१४ तिर नेपालले एसीसीबाट झण्डै २ करोड सहयोग पाउने गरेको थियो । यो रकम महिला क्रिकेट, यू(१९ लगायतका नाममा आउँथ्यो । तत्काल नेपालमा प्रतियोगिता हुदैन एसीसीको सक्रियतासँगै यो क्षेत्रमा प्रतियोगिताहरु बढ्ने सहज अनुमान लगाउन सकिन्छ । र, यो क्षेत्रमा चार टेष्ट नेशनबाहेकका क्रिकेट कन्ट्रीमा नेपालको नाम अगाडि आउँछ । तर, आइसीसीले निलम्बन गरेकाले नेपालमै तत्काल प्रतियोगिता भइहाल्ने अपक्षा गर्न गाह्रोछ । एसीसीले बनाएको डेभलोपमेन्ट र एक्जुकेटिभ कमिटीमा नेपालको सहभागिता छैन ।नेपालले यससअघि नै एसीसीको डेभलोपमेन्ट कमिटीको सदस्य भएर काम गरिसकेको थियो । तर, अहिले आइसीसीको निलम्बनमा भएकाले सदस्य देशहरुले असहज महसुस गरेको बताइएको छ ।

Cricket In nepal

विशेष