समाज

पूर्वराष्ट्रपतिले अमेरिकामा उपचार गर्नुपर्ने भन्दै मागे खर्च

पूर्वराष्ट्रपतिले अमेरिकामा उपचार गर्नुपर्ने भन्दै मागे खर्च

Rambaran Yadav भदौ ९ । पूर्वराष्ट्रपति रामवरण यादवले उपचारका लागि अमेरिका जानुपर्ने भन्दै सरकारसँग रकम मागेका छन् । भारतको चण्डिगढमा हालै भएको उपचारपछि अमेरिका जानुपर्ने भन्दै पूर्वराष्ट्रपति यादवले सरकारसँग खर्च मागेका हुन् ।

अमेरिकामा हुने उपचारका लागि आर्थिक व्यवस्था मिलाउन आग्रह गर्दे बुधवार उनका स्वकीय सहायक सचिव किरण पन्थीले मुख्य सचिव सोमलाल सुवेदीलाई भेटेर पत्रसमेत बुझाएका छन् । सरकारले भारतमा भएको उनको स्वास्थ्योपचारका लागि १० लाख रुपैयाँ दिन निर्णय गरेको थियो । उक्त रकम यादवले बुझिसकेका छैनन् । कान्तिपुर

Rambaran Yadav

विशेष