मनोरञ्जन

विश्वकै सर्वाधिक पारिश्रमीक लिने नायिकाको सूचिमा दिपिका पादुकोण

विश्वकै सर्वाधिक पारिश्रमीक लिने नायिकाको सूचिमा दिपिका पादुकोण
Dipika भदौ ९ । एक पछि अर्को गर्दै बलिउड नायिकाहरु महंगीन थालेको समाचार नआएको होइन । बलिउड नायिका दिपिका पादुकोण विश्वमै सार्वधिक पारिश्रामीक लिने महिलाको सूचिमा परेकी छिन् । विश्वकै महंगी हिरोइनको सूचिमा दिपिकाले आफूलाई १० नंबरमा उभ्याउन सफल भएकी हुन् ।

आर्थिक पत्रिका फोब्स म्यागजीनका अनुसार दिपिकाको वार्षिक तलब १० करोड डलर रहेको छ । उनी पछिल्लो समयमा हलिउड प्रोजेक्टमा व्यस्त रहँदै आएकी छिन् । उक्त म्याग्जीन अनुसार उनले हलिउडका धेरै हिरोइनहरलाई पनि पछि पारेकी छिन् । दिपिकाको वार्षिक कमाईको रकम नेपालीमा ४ अर्ब ८३ करोड हुन आउँछ ।

पहिलो सूचिमा हलिउडकी जेनिफर लरेन्स ४५करोडको साथ पहिलो नंबरमा छिन् । तर प्रतिक्षित नायिका प्रियांका चोपडा भने टप टेनको सूचिमा आएकी छैनन् ।

Dipika

विशेष