देश

भारतमा नशालु पदार्थ सुँघाएर नेपाली लुटिए

भारतमा नशालु पदार्थ सुँघाएर नेपाली लुटिए
chori भदाै - ९ । रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा बिहिबार दाङ घर भएका एकजना नेपाली लुटिएका छन् । भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे गाविस मुलाबारीका मीनबहादुर राना खटिमाको मेलाघाट क्षेत्रमा अलपत्र अवस्थामा फेला परेका हुन् । मेलाघाट क्षेत्रमा अलपत्र परेका रानालाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रहरी चौकी बाबाथानको टोलीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुर्याएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिएका छन् । उनका अनुसार मीनबहादुर रानाबाट रु २५ हजार भारतीय रुपैयाँ नगद, दुईवटा मोबाइल सेट र घरपरिवारका लागि ल्याएको कपडा राखिएको झोला लुटिएकोे छ । चाडपर्वका बेला स्वदेश फर्किने नेपाली भारतीय र सीमा क्षेत्रमा लुटिने गरेकाले पर्याप्त सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।

bharat ma nepali lutiye

विशेष