मनोरञ्जन

यि हुन् साम्राज्ञीका नयाँ हिरो, सार्वजनिक नगरी शुरु भएको थियो छायांकन

यि हुन् साम्राज्ञीका नयाँ हिरो, सार्वजनिक नगरी शुरु भएको थियो छायांकन
samragye भदौ ९ ।  भदौ ३ गतेबाट सुटुक्क छायांकन शुरु भएको ‘ए मेरो हजुर २’का हिरो सार्वजनिक भएका छन् । उनि काठमाण्डौ न्यूरोडका सलिन मान बानिया हुन् । यसअघि महंगो पारिश्रमिकमा अनुबन्धित ‘ड्रिम्स’स्टार साम्राज्ञी राज्यलक्ष्मी शाह मात्र ‘ए मेरो हजुर २’की प्रमूख कलाकार सार्वजनिक थिइन् । यो चलचित्रलाई अभिनेत्री झरना थापाले डेब्यू निर्देशन गरिरहेकी छिन् । २२ बर्षे सलिन यूनि ग्लोब कलेजमा बि.बि.ए। छैठौँ सेमेष्टरमा अध्ययनरत रहेको अनलाईन पत्रिका न्यूज फिल्मीले लेखेको छ । यसअघि सलिन मान सुनील रावलको ‘लाउरे’बाट डेब्यू गर्ने कुरा रहेको भएपनि प्रोडक्सन टिम भित्र आन्तरिक समस्या उब्जिएपछि उनि पछि हटेको बताईन्छ । कोरियन लुक्सका सलिनको हाइट ५ फिट ८ ईन्च रहेको छ । सलिन ए.सि.ई। कलेज डान्स कम्पिटिसनमा उनी दोश्रो भएका थिए ।

विशेष