विचार

बल्ल बुझिदै छ राजतन्त्र र नेताको आर्थिक क्रान्ति

बल्ल बुझिदै छ राजतन्त्र र नेताको आर्थिक क्रान्ति

[caption id="attachment_21976" align="alignleft" width="323"]अविश अधिकारी अविश अधिकारी[/caption]

नेपाल विश्वको क्षेत्रफलको हिसाबले सानो देश मध्य एक हो  । जनसख्या, राजनितिक दल र सबैभन्दा बडी सांसद पाल्ने सबै भन्दा ठुलो देश फेरी नेपाल पर्छ । नेपालले आर्थिक बृद्धि समृद्धि एव उन्नति गर्नको लागि धेरै स्रोत नभएको हैन तर कुरा रह्यो साधन र प्रवृधिको । साधन र दक्ष जनशक्ती उत्पादन गर्ने हो भने नेपालकै स्रोत प्रयोग गरी आर्थिक क्रान्ति गर्न सम्भव छ तर त्यो वर्तमान विकसित राजनितिक घटनाक्रम र अस्थीर सरकार नै बाधक रहेको छ ।

पृथ्वीनाराणय शाह देखी राजा ज्ञानेन्द्र विर बिक्रम शाहदेव सम्म विश्लेषण गर्ने हो भने नेपालमा सयौ घटना नघटेका हैनन् तर २०६२–६३ साल देखि हाल सम्म भएका राजनितिक घटना क्रमले मुलुकलाई थप अस्थीर सगै आर्थिक ह्रास एव ५० वर्ष पछाडी पर्यो देश यो विषयमा सोच्ने कस्ले ? देशमा आधि जनसङ्या पार्टीको क्रियासिल सदस्यहरुले ओगटेको छ बाकीँ कोही बुढा केटाकेटीले ओगटेको छ । पार्टीका कार्यकर्ता सिद्धान्त राम्रो होस या नराम्रो होस पार्टीकै झण्डा मुनी बस्छन आर्थिक समृद्धिको त कुरै छोडौ अव यस विषयमा गम्भीर भएर सोच्ने कस्ले ? जता हेर्यो उतै दुःख लाग्दो परिस्थिति छ मुलुक थप जटिलता तिर लम्कीरहेको छ सरकारी काम कारबाही सुस्त त जहाँ जाऊ त्यहाँ राजनिति हुन्छ, राष्ट्र र राष्ट्रियता धरापमा छ कस्तो विडम्बना सरकारका मन्त्री विदेश भ्रमणमा निस्कीदा पार्टीका कार्यकर्ता स्वागत र विदाई गर्न विमानस्थल पार्टीको झण्डा बोकी जान्छन त्यहाँ राष्ट्रिय झण्डा फरफराईनु पर्ने हैन ?

नेपालको राष्ट्रियता यस्तो धरापमा छ । कहाली लाग्दो अवस्थामा गुज्रीरहेको छ । आफ्नो लागी सोच्ने यहाँ धेरै भए देशको लागि सोच्ने कोही भएन । दिनमा २४ घण्टा हुन्छ कम्तीमा पनि २ करोड नेपालीले १ घण्टाको हिसावले श्रम दान गर्न सुरु गर्यो भने पनि थप राष्ट्रलाई आर्थिक भार बाट कम छुटकारा हुने नै थियो यस बारेमा बुझ्ने को ? नेपाल कृषि पदार्न देश, विश्वको दोस्रो ठुलो जलस्रोतको देश, आफ्नै भाषा अनि सस्कृतिले हराभरा भएको देश, शान्तिका प्रतिक गौतम बुद्धको जन्म भूमि, विश्वको सबैभन्दा उच्च शिर यहि नेपालमा छ विश्व सम्पदा सुचिमा सुचिकृत धेरै देवालय, मठ, मन्दीर एव पर्यटकिय स्थल पनि यही छ । सत्य युगमा भगवानहरुको जन्म र वासस्थान भएको पवित्र भूमी पनि यहि हाम्रो देश ।

विडम्बना दैनिक खेति योग्य जमिन नाश गरिदैछ यहाँ जमिन नास गर्ने अनि खाद्य बस्तु दोस्रो देशबाट आयात गर्ने कति शुखी हामी यस विषयमा खै गम्भीर भएको हामी । मलाई एउटा घटनाको याद दिलायोः

लण्डनमा कार हाकीरहेको थिए सगै क्यानडियन साथी थियो, अलि बडी गतिमा हाकेको थिए । अनि साथीले भन्यो अविश अलि विस्तारै हाक न कार तिम्रो देशमा त भगवान छन बचाउछन तर मलाई कस्ले बचाउछ ? भन्यो यसको मतलव हो नेपालको हिमालय पर्वतलाई भगवानहरुको जन्म स्थानको रुपमा लिग्दा रहेछन यस्तो पवित्र भूमीलाई हामीले चिन्न सके छैनौ । कहि नभएको जात्रा हाडी गाँउमा भने जस्तै हामी एक नेपालीले एक नेपाली अगाडी बडेको देख्न नसक्ने, अरुको प्रगति उन्नतिमा प्रशंशा त परै जाओस खुट्टा तान्न तल्लीन हुन्छौ हामी ईच्या, डाहाले भूतुक्क हुने हामी नेपाली राम्रो काम गरेर देखाउन नसक्ने उल्टो गर्नेलाई ढाडनै भाचिने गरी खुट्टा तान्न तल्लीन छौ । जागीर खादा पनि राजनिति, सरकारी काम काजमा पनि राजनिति, पुलिसमा जाउ राजनिति जहाँ जाउ त्यही राजनिति, राजनिति केको लागि अनि कस्को लागी गर्ने भन्ने स्पष्ट ज्ञान नभएकै कारण देश झनझन पछि परेको छ । यहाँ त जनता माथि राजनिति भएको छ । जनतालाई पटक पटक झुक्याउने काम भइ रहेको छ ।

जनता मरेको मरै, जनताको आवाज सुन्य को ? राजतन्त्र थियो देश राजाको नियन्त्रणमा थियो राजनितिक दल राजसंस्था देखि डराउथे राजनिति स्थीर थियो देशको हित विपरीत कार्य गर्दा राजा द्धारा अस्वीकृत हुन्थ्यो यस्तो परिवन्धनमा बाधिएको थिए राजनितिक दल । राष्ट्र र राष्ट्रियता मजबुद थियो । १० वर्ष जनयुद्ध भयो त्यहाँ १७ हजार जनताको मृत्यु भयो । त्यो बाट पनि केही परिर्वतन देखीन केवल देखे राजनितिक खिचातानी । तर अहिले फोहोरी राजनितिक खेल खेलीएको छ जनताको टाउकोमा राष्ट्रिय ऋण थुपारीएको छ । प्रति ब्यक्ति राष्ट्रलाइ ऋण २५–३० हजार पु¥याइएको छ । यो ०६२–६३ पछिको अवस्था हो । अव आफै बुझौ देश र राजनितिक अवस्था यस विषयमा गम्भीर हुन जरुरी छ राजनिति होस जनता माथि नहोस ।

Abish Adhikari

विशेष