खेल

गोलरक्षक नाभास विश्वकप छनौटमा पर्न असफल

गोलरक्षक नाभास विश्वकप छनौटमा पर्न असफल
Keylor-Navasभदौ–९ । कोष्टारिकाका गोलरक्षक केलर नाभास विश्वकप छनौट अन्तर्गत हाइटी र पानामा विरुद्धको खेलका लागि टिममा पर्न असफल भएका छन् । एचसियल इन्ज्यूरीका कारण कोपा अमेरिका गुमाएका २९ वर्षीय रियल मड्रिडका स्टार गोलरक्षक मैदानमा फर्कन संघर्षरत छन् । उनको गत जुनमा शल्यक्रिया भएको थियो । कोष्टारिकालाई अन्तराष्ट्रिय फुटबलमा भर्खरै पाइला टेकेका हाइटी र पानामासँग खेलमा दवाव नभएपनि दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनौट हुन सहज हुनेछैन जसका लागि नाभासको उपस्थिति जरुरी मानिन्छ । रियलका प्रशिक्षक जिनेदिन जिदानेले आफ्ना नम्बर एक गोलरक्षक चाँडै मैदानमा फर्कने अपेक्षा गरेका छन् । त्यसैले नाभास चोटमुक्त भएपछि मैदानमा फर्केर आफ्नो खेलमा केन्द्रित हुनेछन् ।

football Keylor Navas Realmadrid

विशेष